मत गणनामा बत्ति जाँदैन, कुलेखानीका प्राविधिक ‘हाइअलर्ट’ मा



नेपाल समाचारपत्र, हेटौंडा । देशमै विद्युत् उत्पादनको ब्याकअप मानिएको कुलेखानी जलविद्युत् आयोजनाका कर्मचारी आइतबारदेखि अलर्ट अवस्थामा छन् । नया“ संविधानबमोजिम भएको स्थानीय निकायको चुनाव र रातभर जारी मतगणनालाई मध्यनजर गर्दै ९ प्राविधिक÷कर्मचारीहरुलाई ‘हाइअलर्ट’ मा राखिएको हो ।
निर्वाचन भएका क्षेत्रमा हुनसक्ने सम्भावित ‘ब्ल्याकआउट’ (आकस्मिकरुपमा विद्युत् बिच्छेद हुने अवस्था) र सम्भावित सुरक्षा जोखिमबाट मतगणनास्थललाई सुरक्षित राख्न कुलेखानीका प्राविधिकहरु अतिरिक्त समय खटेर काम गरिरहेका हुन् ।

‘केन्द्रको निर्देशानुसार प्राविधिकहरु तयारी अवस्थामा छन्,’ एक प्राविधिकले कुनै निश्चित समयमा आकस्मिकरुपमा विद्युत् बिच्छेद हुनसक्ने आशंकालाई मध्यनजर गरी आफूहरु तयारी अवस्थामा बसेको बताए । पावर हाउससम्बन्धि कुनै प्रकारका प्राविधिक कमी÷कमजोरीबाट विद्युत् बिच्छेद भए तत्काल मर्मतसम्भारका लागि करिब ३० जनाको समूह तयारी अवस्थामा रहेको उनले बताए ।
इलेक्ट्रिकल र मेकानिकलतर्फ प्रत्येक समूहमा कम्तिमा १५ जना प्राविधिक परिस्थितिअनुसार काम गर्न तयारी अवस्थामा रहेको उनले बताए । ‘इलेक्ट्रिकल र मेकानिकल समूहहरु एक अर्काका पूरक रहेकाले प्रत्येक समूहका कर्मचारीहरु आकस्मिकरुपमा विद्युत् बिच्छेद नहोस् र भएपनि तत्काल मर्मत गर्न सहयोग जुटोस् भन्ने उद्देश्यले हामी ड्युटीमा खटिएका छौं,’ उनले भने ।
नेपालभर ‘ब्ल्याकआउट’ भएको बेला कुलेखानीले ब्याट्रीको रुपमा काम गर्ने गर्दछ । यसकारण कुलेखानीलाई देशको महत्वपूर्ण विद्युत् उत्पादनगृह मानिएको छ ।

सोमबार दिउ“सो इन्द्रसरोवरमा जलसतह १ हजार ५ सय २ दशमलव १९ मिटर थियो । इन्द्रसरोवर भरिन अझ करिब २८ मिटर बा“की छ । संकलन गरिएकोमध्ये एकहजार ४ सय ८४ मिटर सतह रहेसम्म विद्युत् उत्पादनका लागि प्रयोगमा ल्याउन सकिने प्राविधिकले बताए । सरोवरमा पानी अट्ने क्षमता एकहजार पा“चसय ३० मिटर छ ।
रनअफ रिभरमा आधारित जलविद्युत् गृहद्वारा उत्पादित विद्युत्ले माग धान्न नसकेको अवस्थामा सा“झ कुलेखानीका दुवै मेसिन सञ्चालन गरि“दै आएको छ ।
अन्य क्षेत्रमा वर्षाका कारण रनअफ रिभरमा आधारित आयोजना पूर्ण क्षमतामा सञ्चालन हु“दा कुलेखानीलाई भार पर्दैन । अन्य आयोजना राम्ररी सञ्चालन हुनसक्दा कुलेखानीले कममात्र विद्युत् उत्पादन गर्दछ ।
मुलुकलाई ‘ब्ल्याकआउट’ हुनबाट जोगाउने उद्धेश्यले मानवनिर्मित सबभन्दा ठूलो जलाशय इन्द्रसरोवरलाई जोगाउन दीगो विकास नीति अवलम्बन गरिएको छ । कुलेखानी जलविद्युत्का निम्ति निर्मित इन्द्रसरोवरको पि“धमा माटो तथा बालुवा थुप्र“दै जलाशयको सतह बढेकाले उक्त क्षेत्रको वातावरणीय संरक्षण र दीगो विकास निम्ति निर्मित वातावरणीय व्यवस्थापन विशेष कोष सञ्चालन कार्यविधिलाई परिमार्जन गरी लागु गरिएको हो ।
जिल्ला विकास समिति मकवानपुरले माटो तथा बालुवा थुप्रने क्रम बढ्दै गएकाले इन्द्रसरोवरको जीवनमा मात्र नभई पूरै जलविद्युत् आयोजनाकै जीवनको ह्रास हुने सम्भावना भएकाले अव्यबस्थित मानवीय कार्यलाई रोक्न बनाइएको कार्यविधिलाई समयसापेक्ष परिमार्जन गरी संरक्षण एवम् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए ।
इन्द्रसरोवर जोगाउन सडक निर्माण गर्ने नाममा एक्साभेटर र डोजरजस्ता ठूला मेसिन प्रयोग कार्यलाई पूर्णरुपमा निरुत्साहित गर्ने नीति अगाडि सारिएको छ । २४ औं जिल्ला परिषद्ले कुलेखानीको जलाधार क्षेत्रमा ठूला उपकरण प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।
सडकहरुको निर्माणमा ठूला उपकरण प्रयोग गरि“दा सरोवरको पि“धको सतह करिब १३ मिटर बढेको अधिकृत थापाले बताए । प्रायः वर्षा समयमा जलाधार क्षेत्रका विभिन्न नदी र खोल्साहरुबाट माटो, पात र ढुंगालगायत सरोवरमा थुप्रिने गर्दछ, जसले गर्दा वर्षेनि इन्द्रसरोवरको आयु घट्दो छ ।
जथाभावीरुपमा ग्रामीण सडक निर्माण गरि“दै आएकोमा सरोवरको आयु बढाउन उक्त जलाधार क्षेत्रलाई सम्पूर्ण प्रक्रिया पूरा गरी ‘संरक्षित जलाधार क्षेत्र’ का रुपमा घोषणा गर्ने निर्णय जिल्ला परिषद्ले गरेको छ ।
कुलेखानी जलविद्युत्बाट प्राप्त हुने रोयल्टी शुल्कको निश्चित प्रतिशत जलाधार संरक्षण, सुहाउ“दो बृक्षरोपण एवम् बन विकास कार्यमा लगानी गरी जैविक विविधता विकास गर्ने नीति जिल्ला समन्वय समितिले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्