रसुवाको गाउँपालिका प्रमुखमा नयाँ शक्ति अगाडी



नेपाल समाचारपत्र, रसुवा । रसुवाको दुई वटा गाउँपालिका प्रमुखमा नयाँ शक्ति पार्टीले अग्रता लिएको छ । चार वटा गाउँपालिकामा २४ सय ५९ मत गनिसक्दा पार्वतीकुण्ड र उत्तरगयामा शक्तिले अग्रता लिएका हो । नौकुण्डमा कांग्रेस र कालिका गाउँपालिकामा माओवादी केन्द्र वरावरी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पार्वर्तीकुण्डमा ५ सय, उत्तरगयामा ७ सय १५, नौकुण्डमा छ सय ४४ र कालिकामा ६ सय मतगणना भएको हो ।

नौकुण्ड गाउँपालिका
६ सय ४४ मत गणना भएकोमा नेपाली कांग्रेस अगाडी देखिएको छ । नेपाली कांग्रेसका नुर्पु साङ्वो घलेको दुई सय ५०, नयाँ शक्ति पार्टीका भूमे लामा एक सय १६ , नेकपा एमालेका विकास तामाङको ४२ र स्वतन्त्रका लक्षिन नुर्पु तामाङको ९ मत आएको छ ।

कालिका गाउँपालिका

६ सय मत गणना भएकोमा नेकपा एमाले र माओवादी केन्द्र वरावरीमा पुगेको छ । नेकपा एमालेको सिता कुमारी पौडेलको एक सय ७१, माओवादीका उद्धव रिजालको एक सय ७१, नेपाली कांग्रेसका साधुराम पौडेलको एक सय २९, नयाँ शक्ति पाटीका कृष्ण वहादुर तामाङको ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद देवकोटाको १ मत आएको छ ।
उत्तरगया गाउँपालिका
 ७ सय १५ मत गन्दा नयाँ शक्ति अगाडी देखिएको छ । नयाँ शक्तिका इन्द्र प्रसाद सापकोटाको दुई सय ३२, नेकपा एमालेका अशोक घिमिरेको दुई सय २२, नेपाली कांग्रेसका उपेन्द्र लम्सालको एक सय ८७, र नेकपा माओवादीका मेघनाथ घिमिरेको ७१ मत आएको छ ।

पार्वतीकुण्ड गाउँपालिका
 ५०० मत गन्दा नयाँ शक्ति अगाडी देखिएको छ । नयाँ शक्तिका बुचुङ तामाङको २ सय ९३, माओवादीका फुर्पु तेन्जिन तामाङको ६४, नेकपा एमालेका लाक्पा गोम्वो तामाङको ६९, नेपाली कांग्रेसका अविनास तामाङको ९ र स्वतन्त्रका मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्