नुवाकोटमा मतगणना जारी, नगरपालिकामा एमाले अगाडि


त्रिशूली ९नुवाकोट०, १ जेठ । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।
विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा ९एमाले०का प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा ९माओवादी केन्द्र०मा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याउनुभएको छ ।

त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा ९एमाले०का अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा ९माओवादी केन्द्र०का अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गर्नु भएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।