गणना भएका जिल्लाको अपडेट..एमाले १३, कांग्रेस ७ र माओबादी केन्द्र २ स्थानमा अगाडी



नेपाल समाचारपत्र, काठमाडौं । आइतबार ३, ४ र ६ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन भएको विभिन्न जिल्लामा भएको मतगणनामा एमालेलाई कांग्रेसले पछ्याएको छ । अहिले केही जिल्लामा मतगणना जारी रहेको छ भने केही ठाउँमा मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

काठमाडौं महानगरपालिकामा केही बेरमा मतगणना शुरु हँदै छ । काठमाडौंमा अन्य नगरपालिकाहरुमा मतगणना शुरु गरिएको छ भने ललितपुरमा पनि मतगणना भईरेहेको छ त्यहाँ कांग्रेस अगाडी देखीएको छ ।
पछिल्लो परिणम अनुसार देशभरका विभिन्न स्थानमा भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले १ स्थानमा विजय हासिल गर्दा १३ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले पनि एक स्थानमा जीत हासिल गर्दा ७ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्र २ स्थानमा अगाडि रहेको छ ।

राजधानीको तार्केश्वर नगरपालिका त्यहाँ नेपाली कांग्रेसका मेयरका उम्मेदवार श्रीराम थापाले १२० मत ल्याएर अग्रता कायम गरेका छन् भने रामकृष्ण बोहराले ११५ मत ल्याएका छन् भन माओवादी केन्द्रका धनलाल महर्जनले ११ मत ल्याएको छ ।

दक्षिणकालि नगरपालिकामा एमालेका शशि शर्मा अर्यालले २७१ मत ल्याएका छन् भने कांग्रेसका मोहन वस्नेतले १२३ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका उग्रेन लामाले ७० मत ल्याएका छन् ।

शंखरापुर नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार सुवर्ण श्रेष्ठ १७८ मत ल्याएका छन् भने माओवादी केन्द्रका कुष्ण सुवेदीले १३८ मत ल्याएका छन् । नेपाली कांग्रेसका शंकर तिवारीले ७१ मत ल्याएका छन् ।

काभ्रेको बनेपा नगरपालिकामा एमालेका मेयरका उम्मेदवार लक्ष्मी नरसिंह वादेले ५२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका राम जोशीले ४२ मत ल्याएका छन् ।

जुम्लाको चन्दनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरका उम्मेदवार कान्तिका सेजुवालले १०९ मत ल्याएका छन् भने माओवादी केन्द्रका अशोककुमार श्रेष्ठले ८२ मत ल्याएका छन् भने एमालेका शान्तिलाल महतले २९ मत ल्याएका छन् ।

धादिङको धुनीवेशी नगरपालिकामा एमालेका बालकृष्ण आचार्य ११५ मत ल्याएर अगाडी छन । माओवादी केन्द्रका दीपक लामिछाने ६८ मत ल्याएका भने नेपाली कांग्रेसमा माधव पाण्डेले ५१ मत ल्याएका छन् ।
नवलपरासीको कावासोती नगरपालिकामा पनि एमालेका चन्द्र पुनले २०९ मत ल्याएर अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका महेन्द्र पोखरेलले ९८ मत ल्याएका छन् । माओवादी केन्द्रका डसीराम बस्यालको भने १४ मत छ ।

नवलपरासीकै गैडाकोट नगरपालिकामा पनिएमालेका छत्र पौडेलले २५६ मत ल्याएर अग्रता कायमा गरेका छन । नेपाली कांग्रेसका गजेन्द्र आलेले २१४ मत ल्याएका छन् भने माओवादी केन्द्रका दुर्गा ढुंगाना २४ मत ल्याएका छन् ।

नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद श्रेष्ठ ४९९ मत ल्याएर अगाडी भएका छन । एमालेका हरि न्यौपानेले ४२५ मत ल्याएका छन भने माओवादी केन्द्रका सत्यनारायण भुषलले २६२ मत ल्याएका छन् ।

नवलपरासिको मध्यविन्दु नगरपालिकामा एमालेका भीमलाल अधिकारी २१५ मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका चन्द्रबहादुर राना १६३ मत ल्याएका छन् । माओवादी केन्द्रका सुष्मा खनाल १४ मतका साथ तेस्रो स्थानमा छन् ।

नवलपरासीकै विनयी त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका डम्बर बहादुर जिसी ६८२ मतका साथ अगाडि छन् भने एमालेका लक्ष्मण बहादुर पाण्डे ४०५ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका कृष्ण प्रसाद पाण्डेले अहीले सम्म मत पाएका छैनन् ।

नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेसका नारयण पाण्डे ३४८ मतका साथ अगाडि छन् भने एमालेका कृष्णप्रसाद लामिछानजे २८५ मतका साथ दोस्रो स्थानमा रहेका छन् । माओवादी केन्द्रका मानसिं तामाङले १५४ मत ल्याएका छन् ।

नुवाकोटकै विदुर नगरपालिकामा कांग्रेसका धु्रव अधिकारी ले १०७ मत ल्याएका छन् भने एमालेका सञ्जु पण्डितले १०५ मत ल्याएका छन् । माओवादी केन्द्रका लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा एमालेका विष्णु ढकालले २४० मत ल्याएका छन् । माओवादी केन्द्रका लवशेर विष्टले २०५ मत ल्याएका छन् । भने राप्रपाका हरेराम कार्की २ मतले अगाडि छन् ।

मकवानपुरको मनहरी गाउँपालिकामा एमालेका एकराज उप्रेती ३७ मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका शंकर न्यौपाने २७ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका रामहरि सुवेदीले १३ मत ल्याएका छ ।

मनाङको चामे गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार लोकेन्द्रबहादुर घले २१४ मतका साथ विजयी भईसकेका छन् भने नेपाली कांग्रेसका अनिता लामाले १७३ मत ल्याएका छन् ।

मनाङको नारफू गाउँपालिकामा नेपाली कांग्रेसका मिङमाछिरिङ लामाले जित दर्ता गरेका छन् । उनी मतदाता मनोनयमकै बेलामा निविरोध भएका थिए ।

म्यादीको बेनी नगरपालिकामा एमाले प्रमोद श्रेष्ठका ३२७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले २०७ मत ल्याएका छन् ।

रसुवाको उत्तरगया गाउँपालिकामा एमालेका अशोक घिमिरेले अग्रता लिएका छन् । जारी मत गणनामा उनले १६२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उपेन्द्र लम्सालले १४८ मत ल्याएका छन् त्यस्तै माओवादी केन्द्रका मेघनाथ घिमिरेले ५४ मत ल्याएका छन् ।

रसुवाको कालिका गाउँपालिकामा एमालेकी सीताकुमारी पौडेलले १२३ मत ल्याएर अग्रता लिएकी छिन् भने माओवादी केन्द्रका उद्धवप्रसाद रिजालले १२२ मत ल्याएका छन् । नेपाली कांग्रेसका साधुराम पौडेलले ९७ मत मत ल्याएका छन् ।

ललितपुरको कन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका गोपी स्याङ्तान २६५ मत ल्याएका छन् । भने एमालेका कृष्णमान लामा २९९ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजन घिमिरेले ८३ मत ल्याएका छन् ।

ललितपुरको महांकाल गाउँपालिकामा एमालेका रामचन्द्र दाहालले २५५ मत ल्याएका छन् भने माओवादी केन्द्रका बुद्ध नेगी १३२ मत ल्याएका छन् । नेपाली कांग्रेसमा भीमसेन घिमिरेले १०९ मत ल्याएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका रामेश्वर श्रेष्ठले २०२ मत ल्याएका छन् भने माओवादी केन्द्य्रका शिव कट्टेलले १२६ मत ल्याएका छन् । नेपाली कांग्रेसमा महेश खड्काले ७९ मत ल्याएका छन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसमा चिरीबाबु महर्जनले २१८ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८४ मत ल्याएका छन् । माओवादीका दीपेश महर्जनले ८३ मत ल्याएका छन् ।

ललितपुरको बाग्मती गाउँपालीकामा माओवादी केन्द्रका राजु आलेमगरले १८५ मत ल्याएका छन् ।
नेकपा एमालेका दुर्गा घिमिरेले १६९ मत ल्याएका छन् ।

सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रका निमबहादुर केसी १५८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र केसीले १०० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्