रसुवाको दुई वटा मतदान केन्द्रमा मतदान सकियो



रसुवा, बैसाख ३१ – रसुवाको दुई वटा मतदान केन्द्रमा मतदान सकिएको छ । गोसाइकुण्ड गाउँपालिकामा रहेको गाउँखर्क राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय मावि ठुलोस्याफ्रु मतदान केन्द्रमा मतदान सकिएको हो ।

नेपाल राष्ट्रिय मावि ठुलोस्याफ्रुमा पाँच सय २८ जना मतदाता रहेकोमा चार सय ५३ जनाले मतदाता परिचय पत्र वनाएकोमा परिचयपत्र लिएका सबैले मतदान गरिसकेका मतदान अधिकृत नथ्थु मण्डलले जानकारी दिनुभयो ।

गाउँखर्क राष्ट्रिय आधारभूत विद्यालयमा ३९९ मतदाता रहेकोमा तीन सय ६६ जनाले मतदाता परिचय पत्र लिएका थिए । ति मध्ये ३ सय ५८ जनाले मतदान गरिसकेको र अन्य मतदाता नआउने भएका कारण मतदान सकिएको हो ।

जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४० वटा मतदान केन्द्रको नतिजा आउन वाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्