पोखरामा शान्तिपूर्ण, ५० प्रतिशत मत खस्यो, अढाईसय सवारी नियन्त्रणमा



नेपाल समाचारपत्र, पोखरा ।
आज स्थानीय तहको निर्वाचन भईरहेको छ । पोखरा लेखनाथ महागरपालिकाको ३३ वडा वडा र कास्कीका अन्य चार गाउँ पालिकामा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ ।

महानगरपालिकामा १ लाख ६७ हजार ६८ मतदाता छन् । ९८ स्थलमा मतदान भईरहको छ । हालसम्म महानगरपालिकामा ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका विष्णुप्रसाद पोखरेलले जानकारी दिएका छन् । गाँउपालिकामा भने ६० देखि ६५ प्रतिशत मत खसिसकेको तथ्यांक प्राप्त भएको उनले बताए ।
निर्वाचनको समयमा सवारी अनुमति नलिई सञ्चालन गर्नेलाई जिल्ला ट्राफिक कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । ट्रफिक कार्यालय कास्कीका सहायक प्रहरी निरिक्षक शिव थापाका अनुसार तीन वटा गाडीसहित दुईसय ८ वटा मोटरसाईकल तथा स्कुटरलाई नियन्त्रणमा लिइएको छ । दुई नेपाली र एक भारतीय गाडीलाई नियन्त्रणमा लिइएको छ । कतिपय निर्वाचन स्थलमा भने मतदाता आफनो परिचय पत्र समेत लिन गएको छैनन् ।
पोखराको अमरसिंह माविको निर्वाचन स्थलमा झण्डै ६ सय भन्दा मतदाता परिचयपत्र लिन आएको अवस्था छैन् ।
पोखरा लेखनाथ महानगरपालिका
मतदाता—एकलाख ६७ हजार ६८
वडा—३३, ९८ स्थल
अन्नपूर्ण गाउँपालिका—११ वटा वडा, १५ स्थल, २१ केन्द्र, १५५६७ मतदाता
रुपा गाउँपालिका—७ वडा, ८ स्थल, १५ केन्द्र ११३१५ मतदाता
माछापुच्छ«े गाउँपालिका—९ वडा, १२ स्थल, २१ केन्द्र १६३०१ मतदाता
मादी गाउँपालिका—१२वडा, २२ केन्द्र, १७ स्थल १३५५९ मतदाता

प्रतिक्रिया दिनुहोस्