भद्रपुर, (नेस)
नेपाल–भारत सीमा जोड्ने भद्रपुर–गलगलिया नाका शुक्रबार बिहान दुई घण्टा अवरुद्ध बनेको थियो।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ट्रकले किचेर भारतीय एक महिलाको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित स्थानीयबासीले अन्तर्राष्ट्रिय सीमा क्षेत्र अवरुद्ध पारेका थिए।
भद्रपुर सीमासँग जोडिएको १९ बी बटालियन एसएसबीको अन्तर्राष्ट्रिय चेकपोस्टसहित कार्यालय घेराउ गर्दै स्थानीयले नाराबाजी गरेपछि बिहान ९ बजेदेखि दिउँसो ११ बजेसम्म अन्तर्राष्ट्रिय सीमा अवरुद्ध भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
प्रतिक्रिया