भोट हाल्न विस्थापित गाउँ फर्के



रसुवा, (नेस)
भूकम्पका कारण गाउँबाट विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा बसिरहेका भूकम्प प्रभावित गाउँ फर्किएका छन्। आइतबार हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्नका लागि विस्थापितहरु गाउँ फर्किएका हुन्।

जिल्लाको हाकु, डाँडागाउँ र ठूलोगाउँबाट विस्थापित भएर जिल्लाको लहरेपौवा, धुन्चे, धैबुङलगायतका क्षेत्रमा बसिरहेका उनीहरु उम्मेदवार छान्नका लागि गाउँ पुगेका छन्।
भूकम्प गएको दुई वर्ष बित्दासमेत सरकारले गाउँ फर्काउनका लागि उचित कदम नचालेका कारण निरास भएका विस्थापितहरु गाउँमा नै स्थानीय सरकार हुने भएकाले पुनर्वासको आसमा भोट हाल्न हतारिएका छन्।
नयाँ संरचनाअनुसार पार्वतीकुण्ड गाउँपालिकामा पर्ने हाकुमा चुनावका लागि एउटा मतदान केन्द्र राखिएको छ। हाकुमा छ सय १४ जना मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्