राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान


काठमाडौं, (नेस)
पत्रकारिता दिवसको अवसर पारेर हरेक वर्ष सरकारले प्रदान गर्ने वरिष्ठ पत्रकारिता पुरस्कार आइतबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको छ।
वरिष्ठ पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षित (काठमाडौं), कृष्णा ताम्राकार (काठमाडौं), नारायणप्रसाद शर्मा (दाङ), विश्वबन्धु भण्डारी (तनहुँ) र गुणाखर शर्मा (चितवन) सम्मानित हुनुभएको छ।

त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार शिवबहादुर कार्की (मोरङ), सिराज खान (बाँके) र गजेन्द्र बुढाथोकी (उदयपुर) लाई प्रदान गरिएको छ। सूचना तथा सञ्चारमन्त्री राम (सुरेन्द्र) कार्कीले एक समारोहका बीच ती पुरस्कार प्रदान गर्नुभएको थियो। उक्त पुरस्कारको राशी जनही दुई लाख रुपियाँ रहेको छ।