नयाँ शक्ति र फोरम नेपालको निर्वाचन समिती



रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङमा पनि स्थानिय तहको निर्वाचनका लागि संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन समन्वय संयन्त्र समिति निर्माण गरेका छन् ।

निर्वाचनमा सहभागिता जनाउन फोरमको चुनाव चिन्ह लिएर निर्वाचनका सहभागिता जनाउने सहमति भए सँगै शनिवार सदरमुकाम फुङ्लिङमा बसेको बैठकले नयाँ शक्तिका जिल्ला संयोजक सञ्चपाल मादेनको संयोजकत्व साथै संघिय समाजबादि फोरमका संयोजक मोती प्रसाद पालुङ्वाको सह संयोजकत्वमा दश सदसिय जिल्ला निर्वाचन समन्वय संयन्त्र गठन गरेको हो ।

आईतबार संघिय समाजबादि फोरम नेपालको पाटि कार्यालयमा पत्रकार संमेलन गर्दै सो विषयमा जानकारी गराईएको छ । साथै सो बैठकले भक्त येङ्देनको संयोजकत्व तथा एमवि लामाको सह संयोजकत्वमा २१ सदसिय फुङ्लिङ नगरपालीका निर्वाचन समिति, गणेश राई र कमल प्रसाद निरौला (दिनेश) क्रमस संयोजक र सहसंयोजक रहेको सिदिङ्मा गाउँपालीका निर्वाचन समन्वय संयन्त्र समिति गठन गरेको छ ।

अन्य गाउँपालीकाहरुमा सिरिजङ्गाको संयोजक र सहसंयोजक अग्नि बस्नेत र अनिता राई, याङ्वरकमा गोपाल कंलिवा र सरण तामाङ, फक्तालुङमा श्री लिङ्खिम र केदार जंग ताप्मादेन, मिक्वा खोलामा डण्डु शेर्पा र हरी लिवाङ, मेरीङ्देनमा रमेश नाल्बो र सुजित ओख्राबु, मैवाखोलामा रितेश वनेम र विशाल लिम्बु र आठाराई त्रिवेणिमा सेन्छेहाङ पोमु र मोहन गुरुङलाई तोकेको छ ।

पत्रकार संमेलनलाई संबोधन गर्दै जिल्ला निर्वाचन समन्वय संयन्त्रका संयोजक तथा नयाँ शक्तिका जिल्ला संयोजक सञ्चपाल मादेनले अब सबै स्थानमा उमेद्धार चयनका लागि छलफल गरी टुङ्गो लगाउनुको साथै अन्य दल सँग सहकार्यका विषयमा पनि गम्भिर छलफल गरीने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्