तालमेलमा महिलाहरु फालिए



सीताराम अधिकारी, धादिङ ।

धादिङ जिल्लामा निर्वाचन तालमेलको क्रममा महिलाहरु फलिएका छन् । नीलकण्ठ नगरपालिकामा माओवादी र काग्रेसले तालमेल गरेकोमा नेपालीकाग्रेसको तर्फबाट उपमेयरको उम्मेद्वार कल्पना अधिकारीले उम्मेद्वारी फिर्ता लिनुभयो भने माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेद्वार शोभा डङ्गोलले उम्मेद्वारी फिर्ता लिनुभयो ।
धाजिल्लमा भएका ११ गाउँपालिका र २ नगरपालिका मध्ये काग्रेस र माओवादीले ६ ओटामा तालमेल गरेका छन् । जसअनुसार थाक्रे गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका जीन्दी थापा, गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादीका गणेशलाल श्रेष्ठ, ज्वालामूखी गाएापालिकाको अध्यक्षमा काग्रेसका विनोद तिमल्सीना बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादीको हरि डल्लाकोटीलाई तालमेलमा माओवादी काग्रेसले उम्मेद्वार बनाएको छ ।
ज्वालामूखी गाउँपालिकामा माओवादीले उम्मेद्वारी दिइएका महिला उम्मेद्वारी लक्षमी थापा शहित परिवार हुन् । उनलाई फिर्ता गरेर उम्मेद्वार उठाइएपछि माओवादी भित्र व्यापाक असन्तुष्टी बढेको छ । यसैगरि नीलकण्ठ नगरपालिकामा काग्रेस आफू एक्लैले जित्ने भएपनि महिला नेतृ कल्पना अधिकारीको उम्मेद्वारी फिर्ता गराएपछि काग्रेस भित्र असन्तुस्टी बढेको छ ।

नेकपा एमालेले भने जिल्लामा कुनैपनि दलसंग तालमेल गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्