दिन दिनै गाडी पोलिँदै



सीताराम अधिकारी, धादिङ ।

उम्मेद्वारले प्रयोग गरेको गाडीमा आगोलाग्ने क्रम देखिएपछि उम्मेद्वारहरुले सुरक्षाको माग गर्न थालेका छन् ।

शनिबार बेलुका राती नेपाली काग्रेसले चुनावका लागि प्रयोग गरेको दुई ओटा गाडीमा आगजनी भएको छ ।
काग्रेसले धुनीबेसी नगरपालिकाको लागि प्रयोग गरेको बा १२ च १२७६ न.ं को बोलेरो जीप र बा ३ च १७०३ नम्बरको जीप्सी गाडीलाई धुनीबेसी नगरपालिका –५ बटारमा रोकी राखेको ठाउँमा अज्ञात समूहले जलाएको हो ।
चुनाबी कार्यक्रमबाट फर्केपछि राती रोकेर राखेको ठाउँमा बेलुका १०ः३० बजेतिर जलाइएको नेपाली काग्रेसका विदुर अकौलियाले जानकारी दिए ।
नेकपा एमालेका वडा अध्यक्षले प्रयोग गरेको गाडीमा शनिबार बिहान आगजनी भएको छ । थाक्रे गाउँपालिका २ मा नेकपा एकालेको तर्फबाट वडा अध्यक्ष उम्मेद्वार रहेका राजकुमार पौडेलले प्रयोग गर्ने प्रयोग गरेको बा ९ च ८९२९ न.ं को गाडी आगजनी गरिएको हो ।

राती ३ जना माओवादी कार्यकर्ता ३ ओटा बोतलमा पेट्रोल लिएर आएको र उनिहरुले गाडीको सिसा फुटाएर पेट्रल हालेर गाडीमा आगजनी गरिएको नेकपा एमकालेका रमेश आचार्यले जानकारी दिए ।
घरअगाडी पार्किङ गरेर राखिएको गाडी आगो लगाइएपछि ३ जना माओवादी कार्यकर्ता आगराखोलातर्फ भागेको छिमेकीहरुले देखेर हार गुहार गरेका थिएइ । घटनापछि प्रहरीलेअनुसन्धान सुरु गरेको र दोषी पत्ता लगाइ कारबाही गरिने प्रहरी उपरिक्षक शरद खत्रीले जानकारी दिए । गाडीमा आगजनी गरिएका व्यक्तिहरुको पहिचान हुन बाँकी रहेको खत्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्