वेलायतको संसदीय निर्वाचनमा नेपालीमुलका ब्रिटीस नागरीक बच्चु कैलास कैनी उम्मेदवार


बाचस्पति रेग्मी, लण्डन ।

नेपालबाट बेलायतको डार्टफोर्ड भन्ने ठाउमा आई बसोबास गरेका नेपाली मुलका बृटीस नागरीक डा। बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवारमा छनौट भएका छन् । कैनी त्यस ईलाकाको लेवर पार्टीबाट काउन्सीलर हुन । सन् २०१५ को स्थानीय निर्वाचनमा उनी बिजयी भयका थिए। लेबर पार्टीले सासंद उम्मेदवार छनौट गर्न तोकेको योग्यता पुगेका योग्य पार्टी सदस्यहरुबाट आगामी जुन ८ मा हुने संसदीय चुनावमा उम्मेदवार हुन चाहनेसंग आवेदन मागेको थियो र डा कैनीले समेत आवेदन दिएका थिए ।

प्रारम्भिक सूचना अनुसार उक्त क्षेत्रबाट डा कैनी सहित जम्मा पाच जनाको आवेदन परेकोमा पहिलो चरणमा पार्टीले डेस्सी पेज भन्ने नागरीकलाई चयन गरे पनि डेस्सी पेजले स्वइच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पार्टीले कैनीलाई अन्तिम उम्मेवार बनाएको हो । करीव ५०० सकृय सदस्यहरूबाट पार्टी मतदानद्वारा छनौट हुने ब्यबस्था भयपनि यस पटक समयाभावले निवेदनका आधारमा छनौट भयको कुरा कैनीले बताउनु भयकोछ।
शीतलपाटी डट कमसँग आफु सासंदको उम्मेदवार भयको जानकारी पार्टीले दियको र उम्मेदवारी ११ मे २०१७ मा हुने बताउनु भयकोछ। मेरो सहपाठीले उम्मेदवारी फिर्ता लिएका कारण पार्टीले मलाई उम्मेदवार बन्ने मौका दियको कुरा उनले भने । आवेदकहरु मध्येबाट मेको पहिलो साता पार्टीको केन्द्रिय समितिले एक जना उम्मेदवारको छनौट गरेको थियो । डा कैनी लेबर पार्टीको सन् २०१४ मा म्यानचेस्टर मा भएको बार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि समेत हुनुहुन्थ्यो । डाटफोर्ड मै बसोबास गर्ने उहाँले पार्टीको स्थानिय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम गर्नु भएको थियो ।

साथै उहाँ सन् २०१५ को स्थानिय निर्वाचनमा उक्त काउन्सिलको काउन्सिलरको रुपमा चार बर्षको लागि निर्वाचित हुनु भएकोछ।
तनहुँको कमलाबारीमा जन्मनु भएका डा कैनी नेपालमा गंगालाल हृदयरोग अस्पतालमा प्रमुख प्रसासक हुनुहुन्थ्यो र हाईलीस्कील्ड माईग्रेसन प्रोग्राम अन्तरगत बसाईसराई भीषामा आउनु भयकोमा अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा समेत कार्यरत हुनुहुन्छ ।

बेलायतमा नेपाली समुदायका बिच चिर परिचित र सक्रिय डा कैनी समसामयिक बिषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कबिता पनि लेख्नुहुन्छ ।