अन्तराष्ट्रिय भलिबल खेलाडी वडा सदस्यका उम्मेदवार



धन बस्नेत, पोखरा ।
स्थानीय तहको निर्वाचनको माहौल निकै बढेको छ । गाँउदेखि शहर बजार सबै क्षेत्रमा चुनावी सरगर्मी छ । चुनावी सरगर्मी आम सर्वसाधारणसँगै खेलकुदकर्मीलाई पनि लागेको छ । स्थानीय तहको निर्वाचनमा अन्तराष्ट्रिय भलिबल खेलाडीले पनि आफनो उम्मेदावरी दिएका छन् ।

अन्तराष्ट्रिय भलिवल खेलाडी हरि पराजुली यतिबेला चुनावी अभियानमा छन् । खेलकुदसँगै राजनीतिमा होमिएका पराजुलीले नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहमा पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ५ को सदस्यमा उम्मेदवारी दिएका छन् ।

उनले सन् १९८२ मा दिल्ली, एसियन च्याम्पियनसिप सन् १९८३ जापानमा भलिवलबाट नेपालको प्रतिनिधित्व गर्दै भाग लिएका थिए । पराजुली नेपाल भुपु खेलाडी मञ्चका उपाध्यक्ष समेत हुन् । आफ्नो उम्मेदवारीलाई लिएर पराजुलीले भने ‘मेरो जीवन नै खेलकुद हो । नशा नशामा खेल छ । म खेलकुदको विकासको लागि चुनाव लडेको हुँ ।’

उम्मेदवारले आफ्ना घोषणापत्रमा खेलकुदलाई छुटाउने र राखे पनि मन लागेर काम नगर्ने कारण आफै लागेको उनले बताए । स्थानिय तहमा काम गर्ने अधिकार समेत हुने कारण खेलकुद र आर्थिक विकासमा लागेर पोखरालाई खेलकुदको शहर बनाउन पहल गर्ने पराजुलीको अठोट छ । भने ‘खेल भनेको तल्लो स्तरदेखि पुर्वाधार बनाउने कुरा हो । म वडादेखि पहल शुरु गर्छु ।’ उनले ३० वर्षे सरकारी जागिर कृषि बिकास वैंकबाट अवकाश पाएका हुन् । उनी राजनीतिमा आउँदा खेल क्षेत्रको विकास हुनेमा खेलप्रेमी खुशी छन् ।

प्रतिक्रिया दिनुहोस्