चीनले आफ्नै विकिपिडिया निकाल्ने


बेइजिङ, (एजेन्सी)
चीनले विकिपिडियासँग प्रतिस्पर्धा गर्ने उद्देश्यले आगामी वर्षदेखि आफ्नै राष्ट्रिय इनसाइक्लोपेडियाको अनलाइन संस्करण शुरू गर्ने भएको छ। चिनियाँ सरकारी अधिकारीहरूले यस परियोजनामा काम गर्न २० हजारभन्दा बढी व्यक्तिलाई भाडामा लिइएको बताएका छन्।

यसमा करिब प्रत्येक १ हजार शब्दको ३ लाख फिचर प्रविष्ट गरिने भएको छ। विकिपिडियाको विपरीत यसलाई राष्ट्रका विश्वविद्यालयहरूका छानिएका विद्वान्हरूबाट तयार पारिनेछ। फलस्वरुप यसलाई स्वयंसेवकहरूले खुलारूपले सम्पादन गर्न सकिनेछैन।

चीनमा हाल विकिपिडिया उपलब्ध भए पनि यसका केही सामग्री ब्लक गरिएको छ। यस परियोजनाका प्रधान सम्पादक याङ मुझीले ‘इन्साइक्लोपेडिया अफ चाइना’ पुस्तक नभई ‘ग्रेट वाल अफ कल्चर’ भएको बताएका छन्। उनले चीनले यस सम्बन्धमा आफ्नै प्लेटफर्म बनाएर जनता र समाजलाई निर्देशन दिनका लागि अन्तर्राष्ट्रिय दबाब खेप्दै आएको पनि बताएका छन्।