रुकुमका ६ स्थानीय तहमा उम्मेदवारी

0
Shares

धनवीर दाहाल, रुकुम
वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि रुकुमका ६ स्थानीय तहमा दलहरूले उम्मेदवारी दर्ता गरेका छन्। प्रदेश नं. ६ मा परेका रुकुमका ६ स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, परिवार दल लगायतका दलले उम्मेदवारी दर्ता गरेका छन्।
आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकामा प्रमुख र उपप्रमुख तथा बाँफिकोट गाउँपालिका, त्रिबेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाका लागि अध्यक्ष र उपाध्यक्ष रुकुममा क्रियाशील सबै राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गरेका छन्।

मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा रहेको ती स्थानीय तहमा नारा जुलुससहित उम्मेदवारी दर्ता गरेका हुन्। सबैभन्दा कडा प्रतिस्पर्धा रहेको मुसीकोट नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा महेन्द्र केसी र उपप्रमुखमा बालकुमारी गिरीले उम्मेदवार दर्ता गरेका छन्। यस्तै नेकपा एमालेबाट जिल्ला अध्यक्ष विमलकुमार पुनले प्रमुख र केशरी गौतमले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका हुन्।

माओवादी केन्द्रले पनि प्रमुखमा देवीलाल गौतम र प्रेमकुमारी सुनार केसीले उम्मेदवारी दर्ता गरेका हुन्। यसै गरी अन्य दलहरूले पनि उम्मेदवारी दर्ता गरेका छन्। अन्य स्थानीय तहमा पनि दलहरूले उल्लामय अवस्थामा उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसले चौरजहारी नगरपालिका प्रमुखमा बलवीर गोसाइँ र उपप्रमुखमा मनिषा भण्डारी, सानीभेरी गाउँपालिका अध्यक्षमा गोरख चन्द र उपाध्यक्षमा पुष्पा ओली, त्रिबेणी गाउँपालिका अध्यक्षमा देवबहादुर ओली र उपाध्यक्षमा देवी पुन, आठबीसकोट नगरपालिका प्रमुखमा धीरेन्द्र बटाला र उपप्रमुखमा अनीता बुढा, बाँफिकोट गाउँपालिका अध्यक्ष जनक बाँठा र उपाध्यक्षमा हीरा केसीले उम्मेदवारी दर्ता गरेका छन्।

यसै गरी नेकपा एमालेबाट आठबीसकोट नगरपालिकाको प्रमुखमा जिल्ला सचिव हरिप्रसाद शर्मा र उपप्रमुखमा भगवती शाही, बाँफीकोट गाउँपालिकाको अध्यक्षमा नगेन्द्र रिजाल र उपाध्यक्षमा व्युझना पुन, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेश खड्का र उपाध्यक्षमा कल्पना ओली तथा सानोभेरी गाउँपालिकाको अध्यक्षमा मनवीर घर्ती र उपाध्यक्षमा लक्ष्मी केसी, चौरजहारी नगरपालिका प्रमुखमा शेरबहादुर केसी र उपप्रमुखमा कल्याणी खड्काले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै माओवादी केन्द्रबाट चौरजहारी नगरपालिकामा विशाल शर्मालाई प्रमुख र राधा रोकालाई उपप्रमुख, आठबीसकोट नगरपालिका प्रमुख गोरखबहादुर केसी र उपप्रमुख गीता नेपाली, सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन र उपाध्यक्ष इन्दिरा बीसी, त्रिबेणी गाउँपालिका अध्यक्ष भक्कुप्रसाद घर्ती र उपाध्यक्ष निर्मला विष्ट, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी र उपाध्यक्ष मनकला पुनले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता शान्तिपूर्णरूपमा भएको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन्। प्रदेश नं. ५ मा रहेका बाँकी ३ स्थानीय तहमा भने दोस्रो चरणमा निर्वाचन हुनेछ।