काठमाडौं र ललितपुर महानगरमा एमाले—राप्रपाबीच चुनाबी तालमेल



काठमान्डौ (नेस) ।
उपत्यका भित्रका दुई मुख्य महानगरपालिकाहरु काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुने भएको छ।

सोमबार राति सरकारबाट बाहिरिने घोषण गरेलगतैराप्रपा प्रमुख प्रतिपक्षसँग गठबन्धन गरेको छ ।

मुलुकको मुख्य केन्द्रका लागि भएको तालमेललाई दुवै पार्टीका जिम्मेवार नेताहरुले पुष्टि गरेका छन्।
उपत्यकाका दुवै महानगरपालिकामा एमालेको मेयर र राप्रपाको उपमेयर हुने भन्ने सहमति भएको बताइएको छ ।

बाँडफाँडमा सहमति भए पनि दुवै पार्टीले उम्मेदवारीको टुङ्गो लगाउन समय लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्