प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरू

0
Shares

नेपाल समाचारपत्र
लमजुङ
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङमा शुरू भएको छ। जिल्लाका विभिन्न स्थान छनोट गरी वटा ओटा ब्लक र २० वटा पकेट क्षेत्र तोकेर सो परियोजनाको थालनी गरिएको हो।

जिल्लाका किसानलाई व्यावसायिक बनाउने, केही कृषि उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने तथा आयात कम, निर्यात बढाउने उद्धेश्यका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालमा ल्याइएको जिल्ला कृषि विकास कार्यालयल जनाएको छ। कार्यालयका अनुसार १० वर्षसम्म सञ्चालन हुने परियोजनाको लागि कुल बजेट २ करोड ८ लाख रुपियाँ रहेको छ।

१० वर्षे उक्त परियोजनाअन्तर्गत आव २०७३⁄७४ देखि सञ्चालनमा आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अलैंची, तरकारीको ब्लक निर्माण गरिएको छ। अलैंची ब्लकमा जिल्लाको तत्कालीन गाविसहरू भुलभुले, घेर्मु, बाँझखेतलाई तोकिएको छ। यसैगरी तरकारीका ब्लकमा चक्रतीर्थ, धमिलिकुवा र तार्कुघाट रहेका छन्। तरकारी ब्लकको बजेट ६० लाख रुपियाँ रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अलैंचीका ब्लक सञ्चालन गर्नका लागि ७० लाख रुपियाँको बजेट रहेको छ। ब्लक हुन २ हजार रोपानीमा खेती हुनुपर्छ, पकेट क्षेत्रका लागि २ सय रोपनीमा खेती आवश्यक छ, ब्लकमा अलैंची र तरकारी खेतीलाई छनोट गरिएको छ।

ब्लकअन्र्तगत विभिन्न तालिम, सञ्चालन समिति गठनसँगै माटोको परीक्षण कार्य सकिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार परियोजना अन्तर्गतका ब्लकमा अहिले धमाधम काम अघि बढेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले बताउन्ुभयो। उहाँका अनुसार अलैंची ब्लकका लागि ५ लाख बराबरको सिँचाइका लागि पाइपको व्यवस्थापन कार्य अघि बढेको छ।

यसैगरी, २० वटा पकेट क्षेत्रमा गठन भएका समितिले कार्ययोजना बनाएर ल्याउने र त्यही कार्ययोजनाको आधारमा कार्यलयसँग सम्झौता भई सोही अनुसार काम हु्ने नीति रहेको सिलवालको भनाइ छ।

पकेट क्षेत्रका लागि एउटा पकेट क्षेत्रमा चालु अनुदानमा ५० हजार रुपियाँ र पुँजीगत अनुदानमा २ लाख ८२ हजार बजेट रहेको छ।

पकेट क्षेत्रमा जिल्लाका तत्कालीन तीन नगरपालिकाहरू सुन्दरबजार, रागिनास र मध्यनेपाल तथा तत्कालीन गाविसमा भलायखर्क, कोल्की, गौंडा, श्रीमन्ज्याड, बन्सार, ढोडेनी, फलेनी, चिती, मालिड, उत्तरकन्या, धुसेनी, दुराडाँडा, चन्द्रेश्वर आदि रहेका छन्।