जहाज पार्किङमा समस्या

0
Shares

दीपेन्द्र थापा, काठमाडौं

संख्या बढ्दै गएपछि त्रिभुवन विमानस्थलमा जहाज पार्किङको समस्या हुन थालेको छ। विमानस्थलमा आन्तरिकतर्फ करिब ४० जहाज र अन्तर्राष्ट्रियतर्फ ९ वटा जहाज पाकिङको क्षमता भए पनि त्योभन्दा दोब्बर बढी जहाज विमानस्थलमा हुँदा पार्किङमा समस्या हुँदै आएको हो।

त्रिभुवन विमानस्थलबाट हाल आन्तरिकतर्फ दैनिक ३ सय १९ र अन्तर्राष्ट्रियतर्फ सय उडान हुँदै आएको छ। नेपालमा हाल आन्तरिकतर्फका ८९ वटा जहाजमध्ये अधिकांश जहाज त्रिभुवन विमानस्थलमा पार्किङ हुने गरेका छन्। आन्तरिक उडान गर्नका निम्ति २०७३ मात्रै १६ वटा जहाज नेपाल भित्रिएका छन्। २०७४ को शुरूआतमै ३ वटा जहाज भित्रिसकेका छन् । ८६ जहाजमध्ये ११ वटा जहाज ग्राउन्डेड छन् भने ७८ जहाजले नियमित उडान गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

ननेपालमा फिक्स वीन एयरक्रयाफट (ठूला जहाज) अन्तर्गतेपाल वायुसेवा निगमको ११ वटा जहाजमध्ये त्रिभुवन विमानस्थलमा २ वटा जहाज ग्राउन्डेड रहेको छ। बुद्ध एयरको ९ वटै जहाजले नियमित उडान गरिरहेका छन्।
त्यस्तै एयर कष्ठमण्डपको एउटा जहाज ग्राउन्डेड रहेको छ, गोमा एयरको ६ जहाजमध्ये २ वटा जहाज ग्राउन्डेड छ। हिमालयन एयरलाइन्सको ३ वटा जहाज छन् । त्यस्तै मकालु एयरको एउटा जहाज छ। सौर्य एयरलाइन्सको ३ जहाजमध्ये १ वटा जहाज ग्राउन्डेड छ। सिम्रिक एयरलाइन्सको ४, सीताको २, ताराको ६ र यति एयरलाइन्सको ६ जहाज रहेका छन्।

रोटरी वीन एयरक्राफ्ट (हेलिकप्टर) अन्तर्गत एयर डाइनेस्टी ४, अल्टिच्युड १, फिस्टेल एयर २, हेली एभरेस्ट २, मनाङ एयर २, माउन्टेन हेलिकप्टर ३, प्रभु हेलिकप्टर २, श्री एयरलाइन्सको ८ मध्ये २ ग्राउन्डेड छन् भने सिम्रिक एयरको ४, भीआईपी फ्लाइट ४ वटा मध्ये १ ग्राउन्डेड रहेको छ।

अल्ट्रालाइट (सिंगल इन्जिन सानो दुईजना बस्न मिल्ने) अन्तर्गत अभिब क्लबको ६ मध्ये १ ग्राउन्डेड, फिस्टेल अल्ट्रा फ्लाइटको ३, पोखरा अल्ट्राको ५ मध्ये १ ग्राउन्डेड रहेको छ। प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जहाज थपिँदै जानु सकरात्मक कुरा हो तर पार्किङ साँघुरो हँुदा विमानस्थलको सेवा प्रभावित बन्दै गएको बताउनु भयो । उहाँले भन्नुभयो–‘आन्तरिक उडानमा यात्रु बढेसँगै जहाज थप्ने होडबाजी चलेको छ, दिन प्रतिदिन नयाँ जहाज थपिँदै गएका छन्। त्यस अनुरूपको संरचना बढाउन सकिएको छैन जसले गर्दा विमानस्थलमा पार्किङको समस्या बढ्दै गएको छ।’

साँघुरो बन्दै गएको त्रिभुवन विमानस्थललाई सुदृढ गर्न हाल विमानस्थलको खाली क्षेत्रमा थप संरचना निर्माण गर्ने गृहकार्य भइरहेको श्रेष्ठले जानकारी दिनुभयो। जहाज थपिए पार्किङमा समस्या हुँदा एयर ट्राफिक जामसमेत बढेको श्रेष्ठले बताउनुभयो।

आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीहरुले उडान स्वीकृति लिँदा उपत्यका बाहिरका पार्किङ गर्ने भने पनि पछि त्रिभुवन विमानस्थलमै पार्किङ गर्दै आएकाले थप चाप बढेको श्रेष्ठको भनाइ छ। श्रेष्ठले भन्नुभयो–‘हवाई कम्पनीहरुले बाह्य विमानस्थलमा पार्किङको स्वीकृति लिएर त्रिभुवन विमास्थलमानै पार्किङ गर्ने परम्परा बढेको छ, यसलाई कडाईका साथ लागू गर्न प्राधिकरण लागिपरेको छ।’