११६ बर्षीया बृद्धाको बैंक खाता खोल्न नमिल्दा पेन्सन रोक्का


मेक्सिको सिटी (एजेन्सी)
१ सय १६ बर्षिया मारिया फेलिक्स नावा विश्वका सबैभन्दा बृद्ध महिला मध्यका एक हुन् ।

उनी भन्छिन, सात बर्षको उमेरमै उनी अनाथ बनेकी थिइन, तर एउटा लामो जीन्दगीको सामना उनले पुरै डटेर गरे ।

अहिले उनको उमेर उनकै जीवन यापनका लागि लिएर समस्या बनेको छ । त्यसको समाधानमा उनकै उमेर समस्या बनेको छ । मारियाले भने– मलाई एक बैंक खाताको आवश्यक छ । त्यसमा मेरो पेन्सन समय मै आइरहोस र मेरो खर्च तरोस । तर कुनै पनि बैंकले मेरो खाता खोल्न तयार छैन ।

बैक प्रणालीमा कुनै पनि खातावालको उमेर १ सय १० बर्ष भन्दा माथि हुन नसक्ने अवस्था छ । यसतोमा बैंकको प्रणालीले आफनो नाम दर्ता गरिरहेको छैन ।
सिस्टमको यो समस्याका कारण करिब ६ सय अमेरिकी डलर प्रति महिनाको पेन्सन विगत ३ महिना देखि मारियाले पाइरहेको छैन ।मेक्सिका स्थानिय सन्चार माध्यमले मारियाको समस्यालाई आफनो समाचारमा लगातार स्थान दिइरहेका छन् । त्यपछि प्रशासनले शुक्रबार मारियालाई करिब सय डलर आर्थिक मद्दत गरेको छ ।

मेक्सिकोका स्थानिय बैंकले मारियाको बयान सहि भएको बताएका छन् । उनीहरुका अनुसार १ सय १० बर्ष भन्दा धेरै उमेरको कुनै पनि ब्यक्तीलाई बैंकिंग सुविधा दिने सिस्टम उनीहरुसँग छैन ।
सन् १९०० मा जन्मेकी मारिया आगामी जुलाइमा १ सय १७ बर्षको हुनेछिन् । त्यसपछि उनको नाम पनि विश्वको सबैभन्दा धेरै आयु हुने महिलाको सुचिमा समावेश हुनेछ ।