प्योंगयांग तनावबाट आसियान अध्यक्ष डुटेर्टे चिन्तित


मनिला,(एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले शनिवार उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण गरेको विषयलाई लिएर संयुक्त राज्य अमेरिकालाई प्योंगयांग माथि कडा दवाव दिन आब्हान गरेका छन् । डुटेर्टेले उत्तर कोरियाली नेता किम जोंग उन संसार नै ध्वस्त पार्ने विचारमा रहेकाले उनी माथि नियन्त्रणको जरुरत रहेको बताएका छन् ।

छुच्चो बोलीका लागि बदनाम डुटेर्टेले दक्षिण पुर्वी एसिया क्षेत्र अमेरिका र उत्तर कोरिबिचको तनावलाई लिएर निकै चिन्तित रहको र यदि कुनै गलत कदम चालिएको खण्डमा आणविक युद्धको पहिलो शिकार नै एसिया हुने बताएका छन् । उनले अमेरिका , जापान , दक्षिण कोरिया र चीन क्षेप्यास्त्र प्रहारका लागि निकै लालायित व्यक्तिसंग भिडिरहेको पनि बताएका छन् ।

हाल दक्षिण पुर्वी एसियाली राष्ट्रहरुको संगठन ( आसियान ) का अध्यक्ष रहेका डुटेर्टेले शनिवार राति नै यस विषयमा ट्रम्पसंग टेलिफान वार्ता गर्ने कार्यक्रम थियो । उनले आफुले ट्रम्पलाई किमसंग कुनै निहुँ नखोज्न आग्ह गर्न लागेको बताएका थिए ।

फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान को शिखर बैठकपछि आयोजित पत्रकार सम्मेलनमा डुटेर्टेले भनेका छन् , ‘ वासिंगटन र प्योंगयांग ख्यालठट गर्ने नमिल्ने खतरनाक खेलौनासंग खेलिरहेका छन् । मलाइृ किमको भित्री आशय त थाहा छैन ।

तर उनी पृथ्वी नै ध्वस्त पार्ने सुरा रहेको देखिन्छ । अमेरिकी विदेशमन्त्री रेक्स टिल्लेर्सनले शनिवार यदि प्योंगयांगको आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न नसकेको खण्डमा नराम्रो विनाशकारी परिणाम निस्कने चेतावनी दिएको लगत्तै उत्तर कोरियाले नयाँ व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण प्रक्षेपण गरेको थियो । तर अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरुले उक्त प्रक्षेपण असफल रहेको बताएका थिए ।