भाञ्जाहरुलाई अमेरिकाबाट टीसर्ट


नेपाल समाचारपत्र, हेटौंडा । लामो समयदेखि सडक बालबालिकाको क्षेत्रमा क्रियाशील हेटौंडाको मामाघर नेपाललाई अमेरिकाको फ्लोरिडा स्टेट निवासी ओमप्रकाश श्रेष्ठ तथा प्रगति कंसाकारले छोरी प्रज्ज्वना श्रेष्ठको जन्म भएको खुशीयालीमा सहयोग गरेका छन् ।
मामाघर नेपालमा संरक्षित भाञ्जाहरुलाई गर्मीका लागि उनीहरुले अमेरिकाबाट २६ थान टीसर्ट पठाएका हुन् । सुमितलाल श्रेष्ठमार्फत् भाञ्जाहरुलाई सहयोग उपलब्ध गराइएको मामाघरले बताएको छ ।

हेटौंडा–८, कमानेका स्वरुप पुस्तक पसलका प्रोप्राइटर तिलक पराजुली तथा अर्चना कार्कीपराजुलीले बुबाआमा, दाजुभाउजुलागायत परिवारजनको उपस्थितमा छोरा आर्जित पराजुलीको ५ औं जन्मदिन मामाघर नेपालका भाञ्जाहरुस“ग केक काटेर खुशी साटासाट गरी मनाएका छन् ।

उनीहरुले मामाघर नेपालमा संरक्षित भाञ्जाहरुका लागि कापी १२ दर्जन, कलर पेन ४ पाकेट, इरेजर ३ पाकेट, सार्पनर १ पाकेट, कलम ६ पाकेट, पेन्सिल १० पाकेट, बिस्कुट २ कार्टुन, दालमोठ २ पाकेट, चाउचाउ १ कार्टुन सहयोग उपलब्ध गराएका छन् ।