राष्ट्रिय पोशाकको माग गर्दै अनौठो प्रदर्शन


नेपाल समाचारपत्र, काठमाडौं । नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा निकै भिन्न शैलीमा प्रदर्शन गरिएको छ । ‘नरहे नेपाल, रहँदैनौ हामी नेपाली’ भन्ने नाराका सडकमा उत्रिएको जागरूप नेपाली युवाहरुको एक समूहले सालको पात प्राचिन शैलीमा आफ्नो तल्लो हिस्मा बेरेका प्रदर्शन गएका थिए ।

पछिल्लो समय नेपाली संस्कृति र राष्ट्रियता माथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाललाई राज्यको तहबाट संरक्षण गर्नुपर्ने उनीहरुले माग गरका थिए ।

 ¥यालीमा सहभागी ११ युवाले शरीरमा सालको पात मात्र बेरेका थिए । माइतीघरदेखि सुरुभएको ¥याली बानेश्वर पुगेर समापन भएको थियो । दवाबमूलक प्रदर्शनमा सहभागीले नेपालीको टोपी, दौरा, सुरूवाललाई राष्ट्रिय पोशाक बनाउन सरकासँग माग गरे । श्रद्धावान नेपाल र राष्ट्रिय पोशाक संरक्षण महाअभियानले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् । माइतीघरदेखि सुरु भएको र्याली नयाँ वानेश्वर पुगेर समापन भएको थियो ।