बनहरुलाई व्यवस्थापन औजार


नेपाल समाचारपत्र, हेटांैडा । जिल्ला बन कार्यालय मकवानपुरले सामुदायिक बन र कबुलियती बन समूहलाई बन व्यवस्थापन औजार वितरण गरेको छ ।
बन व्यवस्थापनलाई वैज्ञानिकढंगबाट गर्ने उद्वेश्यसाथ औजार वितरण गरिएको सहायक बन अधिकृत उत्तम कटुवालले बताए । जिल्लाका १२ सामुदायिक बन र १० वटा कबुलियती बनलाई औजार तथा ४ सामुदायिक बनलाई ड“ढेलो नियन्त्रण औजार वितरण गरिएको बन कार्यालयले जनाएको छ ।

हेटौडा–६ को रानी सामुदायिक बन, चुच्चेखोला सामुदायिक बन, हेटांैडा–७ को न्युरेनी चिसापानी सामुदायिक बन, हेटौंडा–१५ को चुरेका“ड सामुदायिक बन, आमभञ्ज्याङ–३ को नमूना सामुदायिक बन, मनहरी–२ को पोलाघारी सामुदायिक बन, भैंसेको कालिकाचण्डिका सामुदायिक बन, हेटौंडा–१६ को जरुङशक्ति सामुदायिक बनलाई औजार उपलव्ध गराइएको छ ।
मनहरी–३ को मनकामना सामुदायिक बन, हेटौंडा–९ को बेतखोल्सी सामुदायिक बन, हेटौंडा–१ को सुन्दर सामुदायिक बन र हेटौंडा–८ को महिलासिर्जना सामुदायिक बन समूहलाई पनि औजार वितरण गरिएको छ ।
कार्यालयले हेटांैडा–१८ को रामधुनी कबुलियती बन, शिखरपुरको च्यानडा“डा कबुलियती बन, चित्लाङको कुश्लेचौर कबुलियती बन, निबुवाटारको चौतारी कबुलियती बन, छतिवनको चुनढुंगापाखा कबुलियती बन, हेटौंडा–१५ को चित्रेपानी कबुलियती बन र सुकौराको चिसापानी कबुलियती बनलाई पनि सामग्री उपलब्ध गराएको छ ।
फापरबारीको ताप्केडा“डा कबुलियती बन, तीनधर्के डा“डा कबुलियती बन र बागमती कबुलियती बनले पनि सामग्री पाएका छन् । कार्यालयले क्षतिपूर्ति वृक्षरोपणअन्तर्गत् बनलाई ड“ढेलोबाट बचाउन औजारसमेत वितरण गरेको छ ।