सलमानको प्रेम फेरि खतरामा

0
Shares

बलिउड नायक सलमान खान र उनकी पे्रमिका लुलिया वन्तुलबीच विवाद भएको छ। भारतीय सञ्चारमाध्यले जनाएअनुसार यो विवादका कारण उनीहरुबीचको सम्बन्ध नै सकिन सक्ने खतरा उत्पन्न भएको छ।

सलमान यतिखेर द ब्याङ टुरका क्रममा केही देशमा आफ्ना प्रस्तुति प्रस्तुत गरिरहेका छन्। उनको साथ डेजी शाह, विपसा वसुलगायतका नजिकका व्यक्तिहरु छन्। उनले आाफ्नो परिवारका केही सदस्य पनि लिएर गएका थिए। तर, उनको प्रेमिका युलिया भने उनीसँग थिइनन्। उनको अनुपस्थितिका कारण उनीहरुको सम्बन्धमा दरार आएको हो।
लुलियालाई गीत गाउनमा शोख छ भन्ने कुरा सलमानलाई थाहा थियो। लुलिया सलमानले आफ्नो इच्छा बुझेर गायन शोमा उनलाई भाग लिन दिन्छन् र उनी आफ्नो प्रतिभा दुनियालाई देखाउँछु भनेर सोचिरहेकी थिइन्। तर, जब लुलियाले आफू एक रियालटि शोमा पर्फमेन्स गर्न जानलागेको कुरा सलमानलाई बताइन्, तब सलमानले उनलाई रोकिदिए। यो कुरा उनीहरुको सम्बन्ध भड्काउनका लागि काफी थियो। यो कुरामा उनीहरूबीच निकै विवाद बढ्यो।

प्रेम र प्रेमिकाको मामलालाई लिएर विवादमा आइरहने सलमानलाई लुलियाको गायकीसँग के सरोकार छ त्यो त उनैलाई थाहा होला, तर मुडी सलमान जे पनि गर्छन् भन्ने कुरा लुलियाले अझै बुझेकी रहिनछिन् भन्ने चर्चा बलिउडमा छ।