एमाले र माओबादी केन्द्रले उम्मेदवार टुंग्यायो


धनवीर दाहाल, रुकुम ।
स्थानीय तह निबार्चनका लागी नेकपा एमाले र माओबादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ ।

नेपाली कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाउन सकिहेको छैन । नेकपा एमाले रुकुमले सुदरमुकाम मुसिकोटमा जिल्ला अध्यक्ष बिमलकुमार पुनलाई मेयर र केशरी गौतमलाई उप मेयरको उम्मेदवार बनाएको छ ।

यसैगरी चौरजहारी नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य शेरबहादुर केसी र उप मेयरमा कल्याणी खड्कालाई उम्मेदवार बनाएको छ ।
आठबिसकोट नगरपालिकाको मेयरमा जिल्ला सचिव हरिप्रसाद शर्मा र उपमेयरमा भगवति शाही, सिस्ने गाउँपालिकाको प्रमुखमा प्रदेश कमिटी सदस्य नन्दलाल शर्मा र उप–प्रमुखमा नुमिन्द्रा खड्का, पुथा गाउँपालिकाको प्रमुखमा भीउमान घर्ती र उप प्रमुखमा सीता घतानी, बाँफीकोट गाउँपालिकाको प्रमुखमा बिद्यापति रिजाल र उप प्रमुखमा ब्युधना पुन उम्मेदवार बनेका छन् ।

त्यसैगरी त्रिवेणी गाउँपालिकाको प्रमुखमा गणेश खड्का र उप प्रमुखमा कल्पना ओली तथा सानोभेरी गाउँपालिकाको प्रमुखमा मनवीर घर्ती र उप प्रमुखमा लक्ष्मी केसी उम्मेदवार बनेका छन ।

भुमे गाँउपालिकामा ढाँटी सुनार (आसा) लाई प्रमुख र कमानसिंह डाँगीलाई उपप्रमुखमा उम्मेदवार छनौट गरेको हो ।

यस्तै माओबादी केन्द्रले मुसिकोट नगरपालिकामा देवीलाल गौतम मेयर र प्रेमकुमारी के.सी उपमेयर, चौरजहारी नगरपालिकामा बिशाल शर्मालाई मेयर र राधा रोकालाई उपमेयरको रुपमा अगाडी सारेको छ ।

आठबिसकोट नगरपालिका मेयर गोरख बहादुर केसी र उपमेयर गिता नेपाली,सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुन र उपप्रमुख ईन्दिरा बिसी, त्रिबेणी गाउँपालिका प्रमुख भक्कुप्रसाद घर्ति र उपप्रमुख निर्मला बिष्ट, बाँफिकोट गाउँपालिका प्रमुख धर्म बहादुर केसी र उपप्रमुख मनकला पुन, सिस्ने गाउँपालिका प्रमुख कुमारी बराल र उपप्रमुख गोवर्धन बुढालाई उम्मेदवार बनाएको छ ।

भुमे गाउँपालिका प्रमुख रामसुर बुढा र उपप्रमुख मनकुमारी बुढा बिष्ट तथा पुथा उत्तरगंगा गाउँपालिका प्रमुखमा ओम प्रकाश घर्ति र उपप्रमुखमा ओम कुमारी मल्ललाई अगाडी सारेको छ । नेपाली कांग्रेसले भने अँझै गाउँ तथा नगरपालिकाहरुको प्रमुख र उपप्रमुखहरुको उम्मेदवार टुंगो लगाएको छैन ।