नक्कली पेस्तोल देखाएर लुटपाट


नेपाल समाचारपत्र, बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रोहिणी खोला नजिक बसेर लुटपाट गर्ने तीन जनालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
नक्कली पेस्तोल देखाएर बस, ट्रकसँग पैसा असुल्नुका साथै मोटरसाइकलमा रहेकालाई लुटपाट गर्ने गरिन्थ्यो । पछिल्लो पटक दुई जनालाई लुटिएको थियो ।

सिक्री, मोवाइल लुट्नुका साथै मोटरसाइकल तोडफोड गरेको प्रहरीमा उजुरी आएको थियो । खसीबोका बोक्ने ट्रकलाई रोकेर पैसा असुल्ने गरेको लामो समयदेखि उजुरी आएपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
राप्ती सोनारीका सुनिल रावत, हिमाल केसी र ईश्वर डाँगीलाई प्रहरीले नक्कली पेस्तोलसहित नियन्त्रणमा लिएको छ । एकजना फरार रहेका छन् ।
रोहिणीखोला आसपासमा बसेर यिनीहरुले मोटरसाइकलमा एक्लै हुनेहरुलाई रोकेर पैसा लुट्ने गरेका थिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रोहिणीखोला आसपास पुरै जंगल क्षेत्र पर्दछ । उनीहरुको प्रहरी देख्ने बित्तिकै जंगल तिर छिर्ने र मौका मिलेपछि गाडी लुट्ने धन्दा रहेको थियो ।