नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र हुँदै छ– रावल


हेमन्त पौडेल, कैलाली

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप्रधानमन्त्री भीम रावलले विदेशीलाई बढी नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्रमा सरकार लागेको बताउनुभएको छ ।

नागरिकता जस्तो विषयलाई खुकुलो बनाएर मुलुकलाई फिँजीकरण गर्न खोजेको रावलको आरोप थियो । अन्य देशको तुलनामा हाम्रो मुलुकमा नागरिकताको विषय सहज छ तर त्यसैलाई पनि अझ खुकुलो बनाएर के गर्न खोजेको हो ? रावलले प्रश्न गर्नुभयो ।
नेकपा एमाले ७ नम्वर प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले संविधान संशोधनमा असामयिक कुरा उठाएर आम प्रचलनका विपरित संशोधनको कुरा उठाएको बताउनुभयो ।