पतञ्जलीले १० हजार करोडको कारोबार

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतीय बजारमा टप ब्रान्ड बनिसकेको र स्वेदेशी उत्पाद बिक्री गर्ने ठूला कम्पनीमध्येको एक पतञ्जलीले सन् २०१६–२०१७ मा आफ्नो टारगेट पूरा गर्दै १० हजार करोड रुपियाँको कारोबार गरेको आचार्य बालकृष्णले जानकारी दिएका छन्।

सन् २०१४–१५ मा पतञ्जलीको आम्दानी २ हजार १४ करोड रुपियाँ थियो। अर्को वर्ष यसमा १ सय ४६ प्रतिशतले वृद्धि भएको थियो। हिन्दुस्तान युनिलिभर, डाबर र आईसी जस्ता ठूला कम्पनीहरुलाई पनि पतञ्जलीले कडा चुनौती दिइरहेको छ। पतञ्जलीको थुप्रै शाखा हरिद्वार, तेजपुर र नेपालको काठमाडौंमा खोलिएका छन्। भविष्यमा यसले नोएडा, नागपुर र इन्दौरमा खोल्ने योजना बनाएको छ।

पतञ्जलीका सीईओ आचार्य बालकृष्णले यो वर्ष कम्पनीको मार्केट शेयरलाई दुई गुणा गर्ने योजना रहेको फेडरेसन अफ इन्डियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजको बैठकमा जानकारी दिएका छन्। यद्यपि उनले कम्पनीलाई पब्लिक बनाउने योजना नभएको पनि बताए।