राष्ट्रपति फिर्ता


नेपाल समाचारपत्र
काठमाडौं
भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ स्वदेश फिर्ता हुनुभएको छ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो।
सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामीसमेत दिएको थियो। भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा उहाँ यही वैशाख ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।