माथिल्लो मैलुङ ‘ए’ को नाममा दलले जथाभावी शेयर उठाए

0
Shares

रसुवा, (नेस)
जिल्लाको गत्लाङमा निर्माण हुन लागेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको शेयरलाई राजनीतिक नारा बनाएर पार्टीहरूले जनतासँग पैसा उठाएको भन्दै कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ।

इनर्जी इन्जिनियरिङ प्रालिले निर्माण गर्न लागेको साढे ६ मेगावटको जलविद्युत् आयोजनाको संस्थापक शेयर उपलब्ध गराउने भन्दै राजनीतिक दलले जनतालाई भ्रममा पारेर रकम उठाइरहेको भेटिएको कम्पनीले जनाएको छ।
कम्पनीले सर्वसाधारणलाई छिट्टै शेयर जारी गरिने भन्दै संस्थापक शेयर कुनै पार्टीको नाममा नदिएको स्पष्ट पारेको छ। संस्थापक शेयर र स्थानीयबासीले पाउने १० प्रतिशत शेयर रसुवाबासी र तिप्लिङबासीको नाममा सार्वजनिक सूचना आह्वान गरेर मात्र जारी गरिने प्रबन्ध निर्देशक जीतमान शेर्पाद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ।