स्थानिय तहमा कर्मचारी अपुग


नेपाल समाचारपत्र, बैतडी ।

स्थानिय तहमा कर्मचारी अपुग भएका छन । बैतडीमा स्थानीय तहका ८४ वडामध्ये १३ वडामा वडा सचिव अपुग भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

८४ वडा मध्ये ७१ वडामा वडा सचिव खटाइएको र बाँकी १३ ओटामा संयुक्त वडा कार्यालयबाट सेवा प्रदान भइरहेको स्थानीय विकास अधिकारी खेमराज बिष्टले जानकारी दिनुभयो ।