मुस्ताङ, ८ वैशाख । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत अध्यक्षमा चुनिनु भएको छ । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो ।
कार्यसमितिको महिला उपाध्यक्षमा सम्झना थकाली, उपाध्यक्षमा तृष्णा गौचन, सचिवमा दुर्गादेवी रसाइली, कोषाध्यक्षमा निरज थकाली, सहसचिवमा विकास विक र समावेशी सहसचिवमा फुलकुमारी नेपाली रहनुभएको छ ।
सदस्यहरुमा रमेश बि.क, केशब बि.क, हिक्मत नेपाली र कृष्णमोहन नेपाली चयन हुनुभएको छ । अधिवेशनले प्रदेश सभासदमा चन्द्रेश्वर बस्ताकोटी, टिकाराम शर्मा, सिवानी सिंह बि.क, शर्मिला गुरुङ, पेमा छेतेन बि.क र रिङजीङ नाम्गेल गुरुङ चयन गरेको छ भने केन्द्रीय पार्षद्मा भीम बहादुर रसाईली, तिलक बि.क.,आईतलाल थकाली र सुनदेवी रसाईलीलाई रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले संगठन बलियो भएमात्र पत्रकारिता बलियो हुने भन्दै जुझारु, कर्मठ र क्षमतावान पत्रकारलाई अघि बढ्न संगठनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । रासस
प्रतिक्रिया