तिला जलविद्युत आयोजनाले स्थानीयलाई सेयर दिने


कालीवहादुर मल्ल, कालिकोट । ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई तिला जलविद्युत आयोजना–१ मा कम्तिमा एक–एक लाखको सेयर दिलाउने भएको छ ।

स्थानीयलाई सेयर दिने निर्णयसँगै कर्णालीका स्थानीयबासी उत्साहित भएका छन् । कर्णालीमा ठुलो जलबिद्युत आयोजना बन्न लागेको र कर्णाली स्थानीयलाई सेयर दिने सरकारी निर्णयले यहाँका स्थानीयबासी उत्साहित भएका हुन् ।

तिला आयोजना बनाउन झण्डै ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको उर्जा मन्त्रालयले निर्णयले स्थानीयबासी उत्साहित हुनुका साथै जलबिद्युत आयोजना चाडो बनाउन स्थानीयबासीको माग रहेको तिला कर्णाली जलबिद्युत आयोजनाको प्रर्बद्धक एससी पावर कम्पनीका फिल्ड प्राबिधिक दर्बबहादुर शाहीले बताए ।
कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका सबै परिवारलाई एक÷एक लाख रुपैयाँको सेयर दिने निर्णय कर्णालीबासीका लागि निकै उत्साहपूर्ण रहेको कालिकोट उद्योग बाणिज्य संघका महासचिव तिलवहादुर शाहीले बताए ।