हतियार सहित पक्राउ


शिवहरीप्रसाद भट्टराई, राजविराज । गैरकानुनी हतियार सहित सप्तरीका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गमरिया प्रवाहको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्लाको कल्याणपुर ३ वस्ने मोहमद मन्जुरको छोरा २६ वर्षिय मो. तैयद मियाँ र जमुनी मधेपुरा ६ वस्ने दिल मोहम्मदको छोरा मोहमद जुमरासी मियाँलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथवाट एक थान चाईनिज कटुवा पेस्तोल वरामद भएको प्रहरीले जनाएको छ ।

सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीका अनुसार पक्राउ परेका मध्ये तैयद मियाँको साथवाट पेस्तोल वरामद भएको हो । खुट्टामा कपडाले वाँधेर लुकाई राखेको अवस्थामा पेस्तोल फेला परेपछि दुवैलाई पक्राउ गरिएको उनको भनाई छ । राती गस्ति गरीरहेको प्रहरीलाई देखेर भागेपछि शंका लागेर नियन्त्रणमा लिई चेकजाँच गर्दा हतियार वरामद भएको हो ।

दुवैलाई मंगलवार जिल्ला प्रहरी कार्यालयमा झिकाएर थप अनुसन्धान सुरु गरिएको डिएसपी अधिकारीले वताए ।