सेती नदिमा बगेर एकजना फेरी बेपत्ता


विमल विष्ट, डोटी
डोटीको सेती नदिमा बगेर फेरी एकजना बेपत्ता भएका छन् ।

ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक दिलबहादुर कुँवरले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका १ बर्ष १९ का रमेश बिक सेती नदिमा बगेर बेपत्ता भएका हुन् ।

शिखरनगरपालिका १ स्थित गेरुपानी भन्ने ठाउ बाट डुंगातरी आफनो घर जाने क्रममा उनि संगै अन्य दुई जना बगेकोमा उनिहरु सफल भएका थिए । भने विक बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको सेती नदिमा खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । सेती नदिमा गएको चैत महिना यता देखी बगेर ९ जनाको ज्यान गईसकेको छ ।