गोकुल घोरसाइने, बारा
चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट निस्किएर बारा र रौतहटको वनमा दुई सातादेखि भौतारिएको गैडाको पर्सा वन्यजन्तु आरक्षले खोजी कार्य तिब्र पारेको छ ।
रौतहटको कनकपुर र गैडाटार क्षेत्रमा देखा परेपछि एक साताअघि खोजी शुरु गरेको आरक्षले बुधबार बिहानबाट खोजी कार्यमा थप तिब्रता दिएको हो ।
आरक्षको टोलीले सोमबार रौतहटको कनकपुर जंगल क्षेत्रमा चर्दै गरेको अवस्थामा गैडा देखेपछि खोजी र उद्धार थप तिब्र पारेको हो । आरक्षका वार्डेन हरिभद्र आचार्यले गैडा खोजीको लागि कर्मचारी, प्राविधिक र सुरक्षाकर्मी सहितको टोली खटेको बताए ।
चितवनबाट प्राविधिक सहित आरक्षका ८ घरपालुवा हात्ती प्रयोग गरिएको आचार्यले जानकारी दिए । खोजी कार्यलाई प्रभावकारी तुल्याउन बुधबार बिहान अमलेखगंजस्थित हात्तिसारका थप ३ हात्तीलाई माउते र पछुवा सहित गैडाटार क्षेत्रमा पठाइएको छ । अरक्षले कामिनीकली, सितस्माकली र भवानीकलीलाई गैडा बसेको शंभावित स्थानतर्फ पठाएको हो ।











प्रतिक्रिया