चुनावमा उठ्न नगर विकास समितिको अध्यक्षबाट राजीनामा


 

पोखरा, ६ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले राजीनामा दिनुभएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पोखराका प्रमुख किशोरलाल महाजुलाई राजीनामा बुझाएपछि मङ्गलबार एक पत्रकारसम्मेलन गरी उहाँले नेपाली काँग्रेसका तर्पmबाट कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने आशय प्रकट गर्नुभयो ।

“म पार्टीको सिपाही हुँ, पार्टीले जे जिम्मेवारी दिन्छ त्यसैमा काम गर्दछु,” उहाँले पत्रकारसम्मेलनमा भन्नुभयो । विसं २०७२ असार २३ गते समितिको अध्यक्षमा नियुक्त हुनुभएका खनालले समितिमा करिब २१ महिना काम गर्नुभएको थियो । रासस