जीप दुर्घटनाहुँदा डोल्पामा ४ को ज्यान गयो


नेपाल समाचारपत्र, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठी भन्ने स्थानमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने दुईजना घाईते भएका छन ।

दुर्घटनामा जीप चालक दैलेख घर भई हाल डोल्पाको कालागौंडा बस्ने अन्दाजी २५ वर्षीय बुद्धसिंह कठायत, ठूलोभेरी नगरपालिका ७ की सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका ४ का ६० वर्षीय धर्मलाल बुढा, डोल्पाको ठूलोभेरी नगरपालिका ९ का अन्दाजी १६ वर्षीय लोकेन्द्र शाहीको ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

भिठ्ठीबेसीबाट सदरमुकाम दुनै जाँदै गरेको भे १ च १२५१ नम्बरको जीप मंगलबार दिउँसो १२ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला सदरमुकाम दुनैमा उपचार भइरहेको छ ।

उकालो बाटोबाट इन्जिन फेल भएर जीप दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।