मधेशमा मोर्चाद्धारा मसाल जुलुस प्रदर्शन


लक्ष्मी कुमार साह, महोत्तरी ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका छन ।

मंगलबार जिल्लाको सदरकमुकाम जलेश्वर दुर्गाचौकबाट निकालिएको मसाल जुलुसमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयकले समेत आफूहरुको माग सम्बोधन नगरेको बताएका हुन ।

मोर्चाका कार्यक्रमलाई ध्यानमा राखी ठूलो संख्यामा सशस्त्र र प्रहरी समेत परिचालन गरिएको थियो ।
मोर्चाको कार्यक्रमलाई अझ सशक्त बनाउनका लागि मोर्चाले घोषणा गरेको विभिन्न चरणको कार्यक्रम अन्तर्गत जलेश्वरमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।

मसाल जुलुसमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीका, संघीय समाजवादी फोरम, राष्टिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम(गणतान्त्रिक) लगायतका पार्टीहरुका कार्यकर्ता तथा नेताहरुको सहभागिता थियो ।