लागूऔषध सहित पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
धरान उपमहानगरपालिका–१५ बस्ने ३० बर्षीय भुवन अधिकारीलाई प्रहरीले सोमबार घर नजिकको शौचालय पछाडी टिनको बट्टामा लुकाई राखेको अबैध लागूऔषध एभिल ५८ एम्पुल, डाईजलोप ५६ एम्पुल, लुपीजैसिक ५६ एम्पुल, तथा स्पास्मोपोस्सीभन १ सय वटा सहित पक्राउ गरेको छ ।

त्यस्तै बाराको फेटा गाउँपालीका–६ स्थित बासघारीमा रहेको बेवारिसे झोलाबाट सोमबार प्रहरीले लागूऔषध डाईजोपाम २ सय थान, नुरफिन १ सय ७५ थान र एबोट २ सय थान बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Skip This