युनाइटेड सिमेन्ट्सद्वारा रथ यात्रा



काठमाडौं, (नेस)

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा शुभकामना दिने उद्धेश्यले युनाइटेड सिमेन्ट्सले रथारोहण कार्यक्रम आयोजना गरेको छ। नयाँ वर्ष २०७४ को शुभकामना सन्देश लेखेर विशेष रूपमा फुलमालाले सजाइएको रथमा युनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा, र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको कम्पनीले जनाएको छ।

बसन्तपुरबाट शुरू भएर नगर परिक्रमा गरी जाउलाखेल पुगी समापन भएको उक्त कार्यक्रममा उपस्थित सबै सहभागीमा नयाँवर्षको शुभकामना कार्ड सहित शुभकामना अदान–प्रदान गरिएको थियो। यस्तो किसिमको शुभकामना सन्देशमुलक रथारोहण कार्यक्रम प्रथमपटक केएल दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले आयोजना गरेको हो।

यो कार्यक्रमले युनाइटेड सिमेन्ट्सप्रति उपभोक्ताको मनमा सकारात्मक छाप छोड्ने दाबी कम्पनीले गरेको छ।

ओपीसी सिमेन्ट उपभोक्तामाझ वितरण गर्दै आएको युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा आफ्नै चुनढुंगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री स्थापना गरेको छ।

प्रतिक्रिया दिनुहोस्