अर्काको नाममा ट्रायल दिने पक्राउ


काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिका–३४ मिनभवनस्थित यातायात व्यवस्था विभागको प्राङ्गणमा २ पाङग्रे सवारी चालक अनुमतिपत्रका लागि अर्काको नाममा ट्रायल दिने काठमाडौं सीतापाइला रामकोटका १९ वर्षीय दिलिप गिरी पक्राउ परेका छन्।

उक्त प्राङगणमा राजेन्द्र वनको नाममा ट्रायल दिन आएको अवस्थामा यातायात विभागको टोलीले शनिबार गिरीलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बानेश्वरमा बुझाएको हो। यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।