वैद्यद्वारा सर्बोच्चको आदेशको आलोचना


काठमाडौं, (नेस)

मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले पूर्वसांसद बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्चले दिएको आदेश शान्ति सम्झौता विपरीत भएको बताएको छ। वैद्यले शनिबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ।

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,– ‘शान्ति सम्झौताको गम्भीर उल्लंघन हुँदा पनि राज्य मूकदर्शक रहनु र त्यसबारे कुनै पनि पहल नगरिनु दुःखद् विडम्बनाको विषय हो।’

जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सरकारमा बसिरहने र कार्यकर्ता उत्पीडित बन्नु गम्भीर चिन्ताको विषय भएको वैद्यले बताउनुभएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘शान्ति सम्झौताअनुरूप जनयुद्धकालीन मुद्दाहरूको अविलम्ब खारेजी र बाँकी रहन गएका जनयुद्धकालीन मुद्दाहरू बारे आयोग मार्फत् मेलमिलापको व्यवस्था गर्नका लागि सरकारसित सशक्त तथा जोडदार माग गर्दछ।’