खेल्दाखेल्दै बालिकाको डुबेर मृत्यु


काठमाडौं, (नेस)। टोखा नगरपालिका–१३ डेरा गरी बस्ने धादिङ, छत्रेदेउराली–९ का अच्युत गिरीकी छोरी ९ वर्षीया अमिता गिरीको पानी ट्याङ्कीमा डुबेर शनिबार मृत्यु भएको छ।

खेल्ने क्रममा सोही ठाउँस्थित पवन फुयाँलको निर्माणाधीन घरको पानी ट्याङ्कीमा अचानक खस्दा डुबेकी बालिकालाई तत्काल उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगेकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।