निगमले दुईवटा वाईड बडी जहाज खरिद गर्दै


काठमाडौं, (नेस) नेपाल वायुसेवा निगम र अमेरिकी कम्पनी एयर कर्पोरेसनबीच दुईवटा वाइडबडी विमान खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ।

दुईवटा ए ३३०–२०० वाइडवडी एयरबस खरिद गर्ने सम्बन्धी सम्झौतामा शुक्रबार निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्त कंसाकार र बिक्रेता कम्पनीका तर्फबाट दीपक शर्माले हस्ताक्षर गर्नुभएको थियो।

निगमले दुई वाइड बडी जहाज २०९ दशमलब ६ मिलियन अमेरिकी डलर सन् २०१६ को आधार मूल्यमा खरिद गर्न लागेको हो। सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ। अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो। निगमले खरिद गर्न लागेका जहाजमा २५० देखि २८० सम्म सिट संख्या हुनेछ।