विद्युतीय सुरक्षा दिवस मनाइयो


काठमाडांै, (नेस) ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग देशको समृद्धिमा सहयोग’ भन्ने नाराका साथ नेपाल विद्युत प्राधिकरणले देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार विद्युत सुरक्षा दिवस मनाएको छ। नेपाल इलेक्ट्रिक इन्जिनियर्स एसोसिएसन र प्राधिकरणको संयुक्त आयोजनामा विद्युतीय सुरक्षाका विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी देशैभर मनाइएको हो।

विद्युत् सुरक्षा दिवसका अवसरमा प्राधिकरणको केन्द्रीय कार्यालयले प्रभातफेरी र कार्याशाला गोष्ठी आयोजना गरेको थियो। प्राधिकरणका कर्मचारी, ऊर्जा मन्त्रालयका सचिव, सहसचिव, स्वतन्त्र ऊर्जा उत्पादक संघसंँग आबद्ध विभिन्न संस्थाका प्रतिनिधिलगायत व्यक्तिको सहभागिता रहेको प्रभातफेरी कार्यक्रमको नेतृत्च ऊर्जामन्त्री जनार्दन शर्माले गर्नुभएको थियो।