लुटपाट गरी फरार


काठमाडौं, (नेस)
टोखा नगरपालिका–७ धापासीस्थित स्वस्तिक कोलोनी बस्ने ५२ वर्षीया मिना प्रधान आफ्नै घरभित्र पस्ने क्रममा बिहीबार अपरिचित व्यक्तिहरूले उनीले बोकेको नगद १ लाख ७५ हजार रुपियाँ, सामसुङ मोबाइल १ थान र ए वान मनि ट्रान्सफरको सटरको चाबी भएको हाते झोला लुटी फरार भएका छन्। फरार लुटेराहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।