ज्येष्ठ नागरिकको सवालमा ध्यानाकर्षण


काठमाडौं, (नेस)
ज्येष्ठ नागरिकका सवालमा विगत १५ वर्षदेखि काम गर्दै आएको नेपाल सहभागीमूलक कार्य समूह (नेपान)ले वृद्धवृद्धाका विषयमा लेखिएको एक पुस्तक विमोचनसहित विशेष छलफल कार्यक्रमको आयोजना गर्यो।

नेपानले प्रकाशन गरेको ‘ज्येष्ठ नागरिकसँग नेपानको डेढ दशकको यात्रा’ नामक सो पुस्तकको सम्पादन पत्रकारद्वय तोया गौतम र रोहिणी घिमिरेले गर्नुभएको थियो।

नेपानको २३औं वार्षिक दिवसका अवसरमा नेपानका अध्यक्ष उत्तम ऊप्रतिको अध्यक्षतामा बिहीबार आयोजित सो कार्यक्रममा काठमाडौं जिल्लाका धर्मस्थली, गोलढु·ा, थानकोट, गोठाटार, जोरपाटी र मच्छेगाउँका ज्येष्ठ नागरिक समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागीता रहेको थियो। सहभागी प्रतिनिधिहरूले ज्येष्ठ नागरिकका सवालमा राज्यले विशेष ध्यान दिनुपर्ने, एकल पुरुषलाई पनि विशेष सुविधा प्रदान गर्नुपर्ने र सक्रिय बुढ्यौलीका लागि मद्दत गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

विमोचित पुस्तकमा समेटिएका पाठ्यसामग्रीका बारेमा ब्यापक छलफलपछि सहभागीहरूले यस्ता कृतिको प्रकाशनले राज्य, समाज र सबै सरोकारवालाहरूलाई ज्येष्ठ नागरिकका सवालमा झक्झक्याउन सहयोग पुर्याउने बताए। कार्यक्रममा नेपानका अध्यक्ष, ज्येष्ठ नागरिकका सवालमा काम गर्न सहयोग गर्ने साझेदार संस्था हेल्पएज इन्टरनेसनल तथा एजि· नेपालका प्रतिनिधिले समेत मन्तव्य राखेका थिए।