ए लेभल परीक्षामा उत्कृष्ट नेपाली विद्यार्थी पुरस्कृत


काठमाडौं, (नेस)
क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन(सीआई) ले मे ÷जुन २०१६ र अक्टोबर÷नोभेम्बर २०१६ मा लिएको ए–लेभल परीक्षाको उत्कृष्ट नतिजा (नेपाल प्रथम) प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।

जसमा रातो ब·ला स्कुलले १३, चेल्सी इन्टरनेसनल एकेडेमीले ८ सेन्टजेभियर्सले ७ र बुढानीलकण्ठ स्कुलले ४ विधामा उत्कृष्ट नतिजा प्राप्त गरेका छन्। त्यसै गरी ट्रिनिटी, ग्लोबल र ब्रिटिस स्कुलले क्रमशः ३÷३ विधामा तथा लिटल एन्जलस र केआईएससीले क्रमशः २ विधामा उत्कृष्ट स्थान प्राप्त गरेका छन्।

एक विषयमा उत्कृष्ट स्थान प्राप्त गर्नेमा क्रमशः ब्रिटिस मोडेल स्कुल, साइपाल, गण्डकी स्कुल पोखरा, ओरियन्ट र जेभियर्स इन्टरनेसनल कालोपुल रहेका छन्। यस वर्ष ब्रिटिस काउन्सिलबाट सम्वृद्धि श्रेष्ठ ल्याङग्वेज एन्ड लिटरेचरमा विश्व उत्कृष्ट भएकी छिन्। हरेक वर्ष हुने यस समारोहमा रातो ब·ला र चेल्सीले आफ्नो अग्रता कायम गर्दै आएका छन्।